सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विपक्षी चारदलीय गठबन्धनले बहिष्कार गर्ने भने पछि मुख्य मन्त्री तनावमा !

विपक्षी चारदलीय गठबन्धनले बहिष्कार गर्ने भने पछि मुख्य मन्त्री तनावमा !

कमाठमाडौं । विपक्षी चार दलले लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने भएका छन् । चार दलीय गठबन्धनको सोमबार बसेको बैठकले यस्तो घोषणा गरेको हो ।

चारदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन । उनीहरुले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै बहिष्कार गर्ने घोषणा गरेका हुन । अल्पमतमा परेको व्यक्तिलाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति उनीहरुले असन्तुष्टि ब्यक्त गरेका छन ।
गठबन्धनले बुटवलमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न पनि माग गरेको छ। प्रमुख यादवले अवैधानिक रुपमा अल्पमतमा परेका पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरेको उनीहरुको आरोप छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउन विशेष अधिवेशनको माग गर्दै अल्पमतमा रहेका मुख्यमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका छन भने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले संविधानविपरीत भएको पोखरेलको नियुक्ति बदर गर्न माग गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend