
काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने काम संविधान विपरीत रहेको बताएका छन् । सोमबार ट्वीट गर्दै उनले यस्तो बताएका हुन । उनले यस्तो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको उल्लेख गरेका छन । उनले यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस रहेको टिप्पणी समेत गरेका छन् । सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर सोमबार ती प्रदेश प्रमुखमा सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सोमबार नै सपथ लिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend