
काठमाण्डौ । गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई सरकारले हटाएको छ । गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको हो ।
दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । सरकारले अब गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend