बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कालोबजारी गर्नेलाई कडा कारबाहीः प्रधानमन्त्री ओली

कालोबजारी गर्नेलाई कडा कारबाहीः प्रधानमन्त्री ओली

 

प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा थप कडा पारिने बताएका छन् । देशवासीको नाममा सोमबार सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन । उनले प्रदेशहरूमा मन्त्रीहरूलाई फोकलपर्सनको रूपमा खटाइएको पनि बताए । प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउने उनको भनाई थियो ।  प्रदेश सरकारले मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र सानालाई ननकोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने र होटेललाई क्वारेन्टिन बनाइने उनले बताए ।

सबै सरकारी तथा निजी अस्पतालले दैनिक शय्याको विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने र लुकाएको पाइए कारबाही गरिने पनि उनले बताए । कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend