
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन्। चौधरी र रिजाल एमाले सांसद हुन्। पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ। मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन्। रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend