
काठमाडौं । विपक्षी दलका सांसदहरुको नारावाजी चलिरहेकै बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएका छन्।
पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको भए पनि सांसदहरुको विरोधका कारण मुख्यमन्त्रीको कार्यालयमा गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु मुख्यमन्त्रीलाई शपथ नगराउन माग गर्दै धर्ना बसेका थिए।
धर्ना बसेका सांसदहरु र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ। सांसद र प्रहरीबीच झडप हुँदा केही सांसद घाइते भएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend