सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पहिरोका कारण लाखौंको क्षति, १६ घर जोखिममा

पहिरोका कारण लाखौंको क्षति, १६ घर जोखिममा

 

 

 

ओखलढुंगा । चम्पादेवी गाउँपालिका ३ को शिल्खुबेसीमा गाउँ माथिबाट आएको पहिरोका कारण लाखौँको क्षति भएको छ । यसैको कारणले १६ घरपरिवार जोखिममा परेका छन्।

शनिबार दिउँसो परेको पानीसँगै पहिरो गएको हो। पहिरोका कारण ७ पशुचौपाया पुरिएर मरेको र १६ वटा घर तथा निर्माणाधीन अवस्थामा रहेको जलकन्या आधारभूत विद्यालयको भवनमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए । दिउँसोको समयमा पहिरो गएका कारण मानवीय क्षति भने हुन नपाएको पनि कट्टेलले बताए।

पहिरोका कारण अति जोखिममा परेका ५ घर परिवारलाई छिमेकीको घरमा राखिएको छ। केही महिनाअघि गाउँपालिकाको केन्द्र तप्केडाँडादेखि पीपलडाँडासम्म खनिएको सडककको कारण पहिरो आएको र उक्त पहिरोका कारण ५ घर अति जोखिममा रहेको बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend