
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
खनाललाई संक्रमण पुष्टि भएपछि शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निकट स्रोतले बताएको छ । अक्सिजनको मात्र कम भएपछि खनाल नर्भिक अस्पतालमा भर्ना भएका हुन्। खनालको नर्भिक अस्पतालको भीआईपी कक्षमा उपचार भइराखेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend