
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’
यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा दर्ज भएको छ ।
नेपाली गीत सङ्गीतमा डा उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend