सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एटीएमबाट दुई कारोबार निःशुल्क

एटीएमबाट दुई कारोबार निःशुल्क

 

 

 


काठमाडौं । अघिल्लो कोभिडका बेला अन्तरबैङ्क एटीएम कारोबार गर्दा छुट दिइए पनि त्यसलाई परिमार्जन गरी अन्तरबैङ्क कारोबार गर्दा प्रतिमहिना दुईवटा कारोबार निःशुल्क गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताएका छन् ।

यसमा तत्काल फेरबदल गर्ने योजना नभएको उनको भनाइ छ।अघिल्लो वर्ष कोरोना सङ्क्रमण सुरु भएयता निःशुल्क प्रयोग हुँदै आएको अन्तरबैङ्क एटीएम कारोबार गत माघ महिनादेखि सःशुल्क भएको थियो। नेपाल राष्ट्र बैङ्कले कोरोना महामारीयता निःशुल्क गरिएको अन्तरबैङ्क एटीएम कारोबार माघदेखि सशुल्क गराएको थियो।

राष्ट्र बैङ्कले गत माघ १ गतेदेखि एउटा बैङ्क तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैङ्कको एटीएममा न्यूनतम दुुईवटा कारोबार निःशुुल्क गर्न सकिने व्यवस्था गरेको थियो।राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको थियो। यो समाचार गोरखापत्रमा छापिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend