
काठमाडौं । सूचना तथा प्रसारण विभाग प्रशासन तथा प्रेस शाखा का कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिँदै आएको सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ। शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागमै कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग निकट सम्पर्कमा रहेका अन्य कर्मचारीमासमेत मिल्दोजुल्दो लक्षण देखिएको सेवा स्थगित गरिएको जानकारी दिएको हो।
यो अवधिमा पत्रकारहरुको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, जारीनवीकरण, अनलाइन सञ्चारमाध्यम नयाँ र पुनः दर्ता र नवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा स्थगित गरिएको विभागले जनाएको छ। वैशाख १९ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा स्थगित गरिएको विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend