मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

निषेधाज्ञामा नियम पालना भएन,आजदेखि उपत्यकामा कडाइ

निषेधाज्ञामा नियम पालना भएन,आजदेखि उपत्यकामा कडाइ

काठमाडौं । बिहीबार बिहान ६ बजेदेखि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा शुरु भयो । तर, निषेधाज्ञा भनिए पनि सडकमा उत्तिकै भीडभाड थियो । सडकमा उत्तिकै गाडीहरु गुडिरहेका थिए । पसलहरुमात्यत्तिकै भीडभाड थियो । सडक जाम उस्तै थियो । यसलाई हेर्दा निषेधाज्ञा भएको मान्न सकिने अवस्था नै छैन ।

तर, पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका छन् । विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिल लगायतका चोकमा बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend