काठमाडौं। कोभिड संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय हवाई उडान निरन्तर हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने यात्रुलाई सवारी साधनका लागि सहजीकरण गरिने उल्लेख छ।
‘अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ,’ कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सार्वजनिक र निजी सवारी साधन नचल्ने भएकाले आन्तरिक उडान सम्भव नहुने बताए । ‘आन्तरिक उडानका विषयमा विमान कम्पनीका संचालकहरुसँग मंगलबार छलफल गर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend