सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उखु किसानको दिनुपर्ने रकम भुक्तानी गर्न मानव अधिकार आयोगको आग्रह

उखु किसानको दिनुपर्ने रकम भुक्तानी गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं, माघ ७ गते । उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी दिन चौतर्फी दवाव बढ्दै गएको छ । यसै विच राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ ।

आयोगले सम्झौता अनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह गरेको हो ।  प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा बक्यौता उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको पुनःध्यानाकर्षण गराएको उल्लेख छ ।

“मृतक नारायण राय यादवको परिवार तथा अन्य किसानले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा त्यसरी बक्यौता उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन आयोग सरकारको पुनःध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ, “साथै किसानको हकअधिकारको सम्मान र संरक्षण गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।”
आयोगले तराई–मधेशका उखु किसानको श्रम तथा सम्पत्तिको अधिकार, निजले लामो समयदेखि गरिरहेको माग तथा सङ्घर्षका कार्यक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend