सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेकपालाई फुट्न नदिने नेता पौडेलको दावी

नेकपालाई फुट्न नदिने नेता पौडेलको दावी

काठमाडौं, १२ साउन । सत्तारुढ दल नेकपा बिभाजन हुन नहुने नेताहरुले विचार व्यक्त गरेका छन् । आईतवार संवाद क्लव नेपालद्वारा आयोजित कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य देबेन्द्र पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुटने दावी गरे ।

नेता पौडेलले आजको आवश्यकता नेकपालाई जनताले दिएको बिश्वास गुमाउन दिदैनौं भन्दै म आफनो ठाउँबाट पार्टीलाई अझ बलियो बनाउन लागेको समेत स्पष्ट पारे ।

आफू लगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेको बताउदै अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागि परेको उनले बताए ।

उनले भने, ‘हाम्रो पुस्ताले यो पार्टी फुटन दिनु हुदैन । यदि पार्टी फुटयो भने जनताले दिएको बिश्वास गुम्ने छ ।
हामीले दुवै पार्टी अध्यक्षलाई भेटेर भनेका छौ । पार्टी बिभाजन भनेको जनताको भावना , अपेक्षा बिपरितको कुरा हो । यसो गरिनु हुँदैन ।’

यो पार्टी बचाउन सक्नु हुन्न भने हामी तपाईलाई साथ दिने छैनौ भन्ने कुरा पनि राखेको पौडेलले स्मरण गराए । उनले भने, ‘अध्यक्षलाई राजीनामा दिने कुरा पार्टीमा उठेको छैन । कार्यबिभाजनको कुरा मात्र उठेकबे हो । बिवादको चुरो कुरो भनेको कार्य विभाजनको कुरा हो अरु केही होइन कार्य बिभाजनमा प्रधानमन्त्रीले निकास दिनु पर्छ ।’

नेता पौडेलले सरकारले जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको कुरा भने स्वीकारे । पुष्पकमल दाहालले पार्टी एकता बलियो बनाउन पार्टी भित्र खेलेको भूमिका उच्च प्रशंसानिय रहेको बताए ।

नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले सरकार गठन भएको लामो समय वितिसक्दा समेत जनअपेक्षाका कुनै राम्रो काम गर्न नसकेको आरोप लगाए ।

नेकपा पार्टी भित्रको आनतरिक विवादमा अल्झिएको बताउदै संकट तर्फ उन्मूख भएको आरोप लगाए ।राम्रोसँग आफनो पार्टी चलाउन नसक्ने नेकपाले सरकार कसरी चलाउन सक्छ भन्दै प्रश्न गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend