मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

कोरोना भाइरस परिक्षणमा सघाउन निजी क्षेत्र तयार

कोरोना भाइरस परिक्षणमा सघाउन निजी क्षेत्र तयार

काठमाडौं ८ चैत्र । चीनबाट फैलिएको कोरोना भाइरस विश्वका धेरै देशमा फैलिदा आतंङकीत बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल सम्म विभिन्न मुलुकका करिव सात हजार नागरिक यहि कोरोनाका कारण ज्यान गुमाएको बताइन्छ ।

यहि भाइरस सक्रंमण नेपालमा देखिए परिक्षणका लागि निजी क्षेत्रका ल्याब तयारी अवस्थामा रहेको केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियन अफ पाल(केमसान)का अध्यक्ष सुरेश घिमिरे बताउनुहुन्छ ।

निजी क्षेत्रका ल्याबलाई भाइरस परिक्षणमा सलग्न गराउन उप–प्रधानमन्त्री स्तरमा अनुरोध गरिए पनि सरकारी संयन्त्रबाट हाल सम्म कुनै निर्णय नआएको घिमिरेले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले केमसानमा आवद्ध व्यवसायीहरुलाई टेष्ट किट आयातमा समेत अनुमति नदिइएको उहाँको भनाई छ । देश सकंटमा परेको बेला मौका छोपी फाईदा उठाउने व्यवसायी माथि सरकार सजग रहनुपर्ने  घिमिरे बताउनुहुन्छ  ।

नागरिकलाई आवश्यक मास्क र हयाण्ड सेनिटाइजर उत्पादनमा नेपाल सहजै आत्मनिर्भर बन्न सक्छ । तर नेपाल सरकारले उचित ध्यान नदिएको घिमिरेको  भनाई छ ।
उनका अनुसार सरकारी अस्पताल र सरुवा रोग नियणत्रण तथा परिक्षणका लागि सञ्चालित टेकु स्थीत प्रयोगशाला मात्र प¥र्याप्त छैन् ।

केमसान अन्र्तगतका ४५० व्यवसायी मध्येबाटै अन्तराष्ट्रिय स्तरका एस.आर.एल , टेष्ला लगायतका दर्जन वढि प्रयोगशाला नेपालभर सञ्चालनमा रहेको घिमिरे बताउनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकी निजी क्षेत्रका ल्यावलाई भाइरस परिक्षणमा संलग्न गराए जनताले सहज स्वास्थ्य सेवा उपभोग गर्न पाउनेमा उनको विश्वास छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई यस विषयमा जिज्ञासा राख्दा सरकार कुनै निणर्यमा पुग्न नसकेको घिमिरे बताउछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend