सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पार्टी बिस्तार तथा संगठन सुदृढीकरण अभियान तीब्र

पार्टी बिस्तार तथा संगठन सुदृढीकरण अभियान तीब्र

प्यूठान १३, फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )झिमरुक गाउपालिकाले पार्टी बिस्तार तथा संगठन सुदृढीकरण अभियानलाई तीब्र रुपले गगाडी बढाएको छ ।

गाउँपालिकाको वडा न १,५ बाट सुरु भएको अभियान अन्तर्गत सोमबार गाउपालिकाको वडा न ८मा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश न ५का प्रदेश कमिटी सदस्य पित बहादुर एम. सि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा न. ८का जनता संग पार्टीको भाबी रणनीति तथा झिमरुक को समग्र बिकासको विषयमा अन्तर्क्रीया गरिएको झिमरुक गाउपालिका का अध्यक्ष झक बहादुर जि.सि ले बताए ।

कार्यक्रममा बोल्दै नेता एम.सि ले मुलुकभर नेकपा को लहर चलेको हुनाले कोही पनि अनेत्र अलमलमा पर्नु आबस्यक नरहेको बताए, कम्युनिस्ट को नाममा स साना खुद्रा पसल अब आबस्यक नरहेको भन्दै नेता एम .सि ले सबैलाई नेकपामा गोलबन्द हुन आह्वान गर्दै देशमा नेकपा को नेतृत्वमा सरकार संचालन रहेको र हिजोको सरकारको तुलना नेकपा नेतृत्वको सरकारले तीब्र रुपमा जनताको भावना अनुरुप काम गरेको भन्दै सरकारको बचाउ समेत गरे।

प्रदेश न. ५को केही दिन अघि सम्पन्न बैठकले पार्टी को गतिशीलता अगाडी बढाइएको समेत उनले बताए ।
कार्यक्रम मा नेकपा प्युठान का जिल्ला सचिवालय सदस्य तथा झिमरुक गाउपालिका इन्चार्ज हुकुम बहादुर खड्का ले पनि झिमरुक मा नेकपा थप मजबुत हुँदै आगाडी बढेको बताए ।

कार्यक्रममा नेकपा प्युठान का सचिवालय सदस्य तथा झिमरुक गाउपालिका सह इन्चार्ज मोहन जि.सि ,गाउपालिका सह इन्चार्ज तथा वडा न. ८का वडा अध्यक्ष तुलस बस्नेत,गाउपालिका अध्यक्ष झक बहादुर जि.सि ,युवा नेता मिलन यम .सि लगायतले सम्बोधन गरेका थिए ।युवा नेता एम. सि ले यो अभियान ले पार्टी थप मजुबुत हुने साथै पार्टी र जनताको बिचको सम्बन्धलाई अझ मजबुत पार्ने बताए ।

अभियान सबै वडा मा सन्चालन हुने गाउपालिका अध्यक्ष झक बहादुर जि सि ले बताए अभियानमा वडा भेला प्रशिक्षण जन भेटघाट ,अन्तर्कृया गरिने अध्यक्ष जि सिले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend