काभ्रे १३ फागुन ।
जिल्ला सहकारी संघ लि. काभ्रेको पहलमा गठन भएको मण्डनदेउपुर नगरस्तरीय सहकारी समन्वय समितिको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको सहयोगमा नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुका लागि सहकारी संस्थाहरुमा प्रभावकारी व्यवस्थापन सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
समन्वय समितिका संयोजक सुमन नेपालको संयोजकत्वमा सम्पन्न भएको उक्त तालिम कार्यक्रमको उद्घाटन नगर प्रमुख टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
पानसमा दीप प्रज्वलन गर्दै भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि उप्रेतीको सहभागिता रहेको थियो ।
समन्वय समितिका सचिव अम्बिका हमालद्धारा स्वागत गर्दै अगाडि बढाइएको कार्यक्रममा प्रशिक्षणको रुपमा बैंककी सञ्चालक सदस्य सरीता भट्टराईले भूमिका निर्बाह गर्नु भएको थियो ।
प्रशिक्षणका क्रममा सहभागिहरुलाई सहकारी सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा शेयर सदस्यहरुले गर्नुपर्ने भूमिका तथा दायित्वका बारेमा जानकारी सहित सहकारी ऐन नियम र स्थानीयस्तरमा रहेको सहकारी कानूनहरुमा व्यवस्था रहेको नियमहरुका परिधि भित्र रहेर संस्था सञ्चालन गर्दै अगाडि बढ्नु पर्ने बिषयमा भट्टराईले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष, कोषाध्यक्ष सचिव तथा पदाधिकारी सहित १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
निकै उत्सुकता र जिज्ञासा सहित सम्पन्न भएको भब्य कार्यक्रममा बैंकका अध्यक्ष श्री के.बि उप्रेतीले सहकारी बैकले गर्दै आएको कामहरु र सहकारी प्रति बैंकले गर्न सक्ने विभिन्न खालका गतिविधि र सहयोगका बारेमा प्रकाश पार्दै व्यवसायिक रुपमा सहकारी संस्था सञ्चालन गर्दै अगाडि बढ्न सुझाउनु भएको थियो ।
बैंककी बनेपा शाखा प्रमुख सीता भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुली, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सहितको सहभागिता रहेको थियो ।
जिल्ला सहकारी संघ लि का विनोद पराजुलीले सहकारी संस्थाहरु अवका दिनमा शेयर सदस्यको समृद्धिका लागि कार्य समपादन गर्दै अगाडि बढ्न अनुरोध गर्दै सहकारी संथाहरुलाई क्षमता विकास, निति निर्माण तथा एकिकरणका बिषयहरुमा जिल्ला सहकारी संघ लि सधै तयार रहेको धारणा राख्दे जिल्ला सहकारी संघ लि.मा आबद्ध हुन र नियमित कारोबार समेत गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो मन्तब्य राख्दै नगरस्तरमा रहेका सहकारीहरु सबैले सहकारी मूल्य मान्यताका आधारमा सञ्चालन हुनुपर्ने बिचार राख्नुभएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend