सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जिल्ला सहकारी संघको आयोजनामा दर्जनौ सहकारी बिच बनेपामा छलफल

जिल्ला सहकारी संघको आयोजनामा दर्जनौ सहकारी बिच बनेपामा छलफल

काभ्रे २५, माघ । जिल्ला सहकारी संघ लि.द्धारा जिल्लामा रहेका विभिन्न प्रकृतीका १४० भन्दा बढी सहकारी सस्थाहरुको सहभागितामा सदस्य केन्दीयता सूचकका आधारमा व्यवस्थापन प्रणाली सम्वन्धि गोष्ठी के.एन वैन्क्वेट बनेपामा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संघको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक ठाकुरनाथ अधिकारीको अध्यक्षता मा भएको हो ।

उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष विनोद पराजुलीले स्वागत तथा कार्यक्रमको उपाध्यताको बारेमा प्रकाशपार्दै सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि. का सल्लाहाकार टिकाबल्दभ सापकोटा, जिल्ला कृषि सहकारी संघ लि का अध्यक्ष सुमन नेपाल सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अधिकृत नारायण कार्कीको सहजीकरणमा उक्त कार्यक्रम भएको हो ।

सहकारी शिक्षातथा सहकारीका आधारभूत बिषयबाट सुरु भएको उक्तकार्यक्रम सहकारीको परिचय, बिषेशता तथा महत्व आदिका बारेमा जानकारी गराउँदै प्रशिक्षक नारायण कार्कीले सहभागिलाई सहकारी संस्था श्रमममा आधारित भई पूँजीलाई भन्दा परिश्रमलाई महत्व दिएर नै सहकारी संस्थाहरु अगाडि बढ्दा वास्तबमै सहकारी संस्थाहरु अविछिन्न रुपमा चलाउन सकिने जानकारी दिनुभएको थियो ।

जिल्ला भित्रदर्ता भई सञ्चालनमा रहेका बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुको सहभागिता रहेको उक्तकार्यक्रम नेपाल सरकार भूमिव्यवस्था सहकारी तथा गरिवीनिवारण मन्त्रालय सहकारी बिभागको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम भब्य रुपमा सञ्चालन भएको हो ।

कार्यक्रममा सदस्यता केन्दीयताका बिषयमा जानकारी गराउँदै प्रशिक्ष नारायण कार्कीले सदस्यहरुलाई केन्द्रमा राखेर गरिने हरेक क्रियाकलापहरु संस्थाले सञ्चालने गर्नुपर्ने जानकारी गराउनु भएको थियो ।

सहकारी संस्थामूल्यांकन, सूचकका बिषेशतामा सरलता, लागत प्रभावकारीता, भरपर्दो जस्ता बिषयहरु जानकारी गराइएको हो । जसमा यसका मान्यता, औचित्यतथा सूचकहरुमा संस्थापकीय कारोवार, सञ्चालकीय सक्रियता, संरक्षकीय सम्वन्धन का बिषयमा समेत स्पष्ट पारिएको थियो । गोष्ठीमा सहभागि मध्ये विभिन्न खालका सहकारी संस्था सञ्चालन तथा व्यवस्थापन मा आइपरेका समस्याहरु का बारेमा प्रश्नहरुका बारेमा प्रशिक्षकले स्पष्ट पार्नुभएको थियो ।

तालिममा सहभागिहरुको तर्फबाट गोष्ठि अत्यन्तै राम्रो भएको र आगामीदिनमा समेत यस्तै खालका विभिन्न शिर्षक अन्तर्गत तालिमहरु सञ्चालन गर्नका लागिजिल्ला सहकारी संघलाई सहभागिहरुको तर्फबाट अनुरोध समेत आएको जिल्ला सहकारी संघ लि का सचिव दिल प्रसाद शर्माले जानकारी दिनु भयो ।

कार्यक्रममाजिल्ला सहकारी संघ लि. का सचिव शर्माले जिल्ला सहकारी संघ लि. मा सबै सहकारी संस्थाहरुले नियमित बचत, शेयर रकममा बृद्धि सदस्यतामा बृद्धि गर्दै ऋणमा सहभागिताभई अगाडि बढ्न सकेमा संघले यस्ता कायृक्रमहरु समय समयमा समेत गर्न सजिलो हुने जानकारी गराउनु भएको थियो भने संघका अध्यक्षविनोद पराजुलीले संघको बद्धि विकासमा सबै ऐक्यबद्धता सधै रहने जानकारी गराउँदै कार्यक्रम सफल बनाउन पाल्नुहुने प्रमुख अतिथी अतिथीप्रशिक्षकलगायत सम्पूर्ण सहभागिहरुमा धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ लि ले आगामी फागुन महिनाभित्र कोपोमिस तथा सम्पत्ति सुद्दिकरण सम्वन्धि ४ वटा विभिन्न पालिका स्तरमा सम्पन्न गर्दैछ । जिल्लामा रहेका सहकारी संस्थाहरुको अभिभावकत्व भूमिका निर्बाह गर्दै आएको जिल्ला संघले १३ वटै स्थानीयतहहरु मा पालिकास्तरीय सहकारी समन्वय समिति तथा क्षमताविकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै सहकारी प्रवद्र्धन र विकासमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend