सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेगा बैंकले पर्सामा गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित

मेगा बैंकले पर्सामा गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित

काठमाडौं, १४ माघ । मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् ।

नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।

शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक सय जनामा रक्तन्धो भेटिएको थियो । त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको थियो ।

नेपालकै अग्रणी बैंकको रुपमा स्थापित मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend