सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘मेरो सेलरीले बुढियालाई पाल्नै गाह्रो भो’ म्युजिक भिडियो भाईरल बन्दै ( भिडियोसहित)

‘मेरो सेलरीले बुढियालाई पाल्नै गाह्रो भो’ म्युजिक भिडियो भाईरल बन्दै ( भिडियोसहित)

उदाउदा गायक बिनोद बिक्की भाईको ‘मेरो सेलरीले बुढियालाई पाल्नै गाह्रो भो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक परिवेशलाई समेट्दैं बढ्दै गएको महंगी र बेरोजगारीका कारण आवश्यकता पु्रा गर्न समस्या परेको गीतको भिडियोमार्फत व्यङ्ग्य प्रहार गरिएको छ ।

दिपक भण्डारीको निर्देशन र बिनोद बिक्की भाईको स्वरसंगीत रहेको उक्त गीतको भिडियो लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा श्याम प्रसाद भट्ट (आर्सन) र चाँदनी गिरीलाई फिचरिङ् गरिएको छ ।

गायक बिक्की भाईकै शब्दसंगीत रहेको उक्त गीतको एरेन्ज केशब बडुले गरेका छन् । महेश महराको छायाङ्कनमा रहेको उक्त गीतको भिडियो नविन घर्तिगरले ले सम्पादन गरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त गीतको भिडियोलाई करिब १ हजार बढी पटक हेरिएको छ भने कमेन्टमार्फत आएका प्रतिक्रिया निकै सकारात्मक छन् ।

यसअघि बिनोद बिक्की भाईले डिग्री गरी काम पाईन बोलको गीतले बजार तताएको थियो । यो उनको दोस्रो गीत हो ।

हेर्नुहोस् गीतको भिडियोः

https://www.youtube.com/watch?v=vrFw3lWw3k8

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend