प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग राष्टघाती काम गरेको भन्दै आरोप खेपे । धेरैले ओलीको राष्ट्रबाद खोक्रो राष्ट्रबाद समेत टिप्पणी गरे । साथै कतिले मोदी संग मिलेर केपी नै नाकाबन्दी गरेको अडकलबार्जी समेत गरिन थालिएको छ । बढी त अरुण तेस्रो आयोजनाको सम्झौैता गरेर अरुण भारतलाई सुम्पिएको बिषयमा भने धेरै आलोचना नै खेप्नु आयो । भारतीय प्रधानमन्त्री स्वदेश उडेको रात कटन साथ ओलीले मोदी संग भएका कुराकानी बारे संसदमै राखेका छन् ।
ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताए । तीन वर्षअघि तनावपूर्ण रहेको नेपाल भारत सम्वन्ध नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको उनको भनाई छ । आफ्नो निम्तोमा आएका भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदलाई जानकारी दिँदै ओलीले प्रधानमन्त्री मोदीका अभिव्यक्तिहरुमा हाम्रा अखण्डता र सार्वभौमसत्ताको प्रश्न, हाम्रा आवश्यकता र प्राथमिकता अनुसार हामी अगाडि बढेकोमा आफ्नो चित्त नदुख्ने र त्यसमा सहयोग गर्ने खुलस्त प्रकट भएको उनको भनाई छ । यो सम्वन्धलाई बराबरीका आधारमा अघि बढाउने प्रस्थान विन्दु भएको प्रधानमन्त्री ओलीले बताए । कतिपयले मोदीलाई स्वागत नै गर्नु हुँदैन्थ्यो, सम्बन्ध सुधार नै गर्नु हुँदैन भनेजसरी धारणा राखेको भन्दै उनले विगतका त्रुटी भए, विगतमा मात्र अल्झिएर बस्ने कि अघि बढ्ने ? भन्ने प्रश्न गरे । दुई उत्तर कोरियाका नेताको भेट, ट्रम र किमको आगामी वार्ता तथा शी जिनपिङ र मोदी वार्ता उल्लेख गर्दै ओलीले भने, ‘सम्बन्धहरु बिग्रिनु नराम्रो हो तर, दुर्भाग्य विभिन्न कारणले कहिले बाँकी तलमाथि पर्छ । चिसोपनमा खुसी हुने होइन, हटाउने कोसिस गर्नुपर्छ ।
नेपाल आएर मित्रता अभिबृद्धिमा योगदान गरेको भन्दै उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाभिमानमा कुनै तलमाथि नभएको भन्दै ढुक्क रहन आग्रह गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend