सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं १२ माघ ।  लामो समयको प्रतिक्षा पछि संघीय संसदले सभामुख पाएको छ । आजको बसेको प्रतिनिधिसभाको बैठकबाट सभामुखमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

अध्यक्ष ठाकुरले निर्विरोध निर्वाचित भएकोमा प्रतिनिधिसभा र आफ्नो तर्फबाट कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै हार्दिक बधाई पनि दिए ।

यसअघि सभामुख पदमा सापकोटालाई प्रस्ताव गर्दै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सिङ्गो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका पुरा गर्नेछन् भन्ने विश्वास आफुले लिएको बताए ।

नेम्वाङ्गले अग्निप्रसाद सापकोटालाई सभामुख पद मा निर्वा्चित गरियोस् भनी राखेको प्रस्तावको सांसद देव प्रसाद गुरुङ्ग, ओनसरी घर्ती र लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend