सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गाउँपालिकाको कार्यालयमा आगजनी, नेकपा अध्यक्षको घरका प्रेसरकुकर फेला

गाउँपालिकाको कार्यालयमा आगजनी, नेकपा अध्यक्षको घरका प्रेसरकुकर फेला

बैतडी ८, माघ । सुदूरपश्चिम प्रदेश अन्तर्गतको बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आज बिहान ३ बजे गाउँपालिकाको–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।
गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको सो स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो।
यसका साथै डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend