माघ २, माघ । विगत १८ महिना देखी अमेरिका र चीन विच चलिरहेको व्यापार युद्ध छिट्टै नै समाप्त हुने देखीएको छ ।
व्यापार युद्ध समाप्त पार्ने सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेसगैँ छिट्टै नै दुई देशको व्यापार युद्ध समापत हुने देखीएको हो ।
बुधबार भएको सम्झौतामा चीनबाट आयात हुने सामानमा लगाइएको नयाँ कर फिर्ता लिने घोषणा गरिएको छ । उक्त कर फिर्ता लिएवापत चीनले अमेरिकासँग कृषि उत्पादन खरिद गर्नुपर्नेछ ।
यो पहिलो चरणको सम्झौता कार्यान्वयनमा आउने साथ पुन दोस्रो चरणको सम्झौता तर्फ अघि बढ्ने बताइएको छ ।
सम्झौता अनुसार चीनले आउँदो दुई वर्षमा दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी अमेरिकी सामान आयात गर्नेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend