सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली पर्यटन, स्मार्ट पर्यटनमा रूपान्तरणका लागि मेरो उम्मेद्धारी – अध्यक्षका प्रत्याशी गुरागाई

नेपाली पर्यटन, स्मार्ट पर्यटनमा रूपान्तरणका लागि मेरो उम्मेद्धारी – अध्यक्षका प्रत्याशी गुरागाई

काठमाडौं १, माघ । नेपाल एसोसिएसन अफ ट्राभल एण्ड र्टुुस एजेन्ट(नाटा) को आसन्न चुनावमा अध्यक्ष पदका प्रत्याशी अच्युत गुरागाई विगत २७ वर्ष देखि ट्राभल व्यवसायमा क्रियाशिल भई यस क्षेत्रका विभिन्न समस्याको समाधानमा लागि परेका व्यक्तित्वका नामले परिचय पाइसकेका छन् । नाटाको वर्तमान वरिष्ठ उपाध्यक्ष पदमा रहेका यस अघि उनी नाटाको बोर्ड सदस्य, त्यस्तै सचिव र महासचिव पदमा रही आफ्नो जिम्मेवारी निर्वाह गर्न सफल भएका थिए ।

नेपालको ग्राह्स्थ्य उत्पादनमा प¥र्यटन क्षेत्रको ५ प्रतिशत सम्म साझेदारी रहेकोमा बितेका वर्षमा यो तथ्याङ्क घट्दो क्रममा देखिन थालेको छ । उनका अनुसार नेपाली प¥र्यटनलाई स्मार्ट पर्यटनमा रूपान्तरण हुन सके मात्र समग्र पर्यटनबाट राष्ट्रले उच्च फाइदा लिन सक्छ । जसका लागि प¥र्यटन मैत्री प्रविधि र भौतिक पूर्वाधार निमार्ण राज्यको प्राथकिम्तामा पर्न आवश्यक छ । यसको लागि व्यक्तिगत पहल गरिने छ ।

उनले यस क्षेत्रमा देखा परेका समस्या मध्ये झोलामा ल्यापटप बोकेर पर्यटन व्यवसाय चलाउने व्यक्तिलाई मूलधारमा ल्याउन विगतदेखि नै प्रयासरत रहेका छन् । साथै सरकारी निकायसगंको घनिष्ठ सम्बन्धले समेत आफ्नो लक्ष्यमा सफल हुँदै गएको छन् ।

यिनकै सहकार्यले काढमाण्डौंमा पर्यटकीय बस टर्मिनल निमार्ण सम्पन्न हुने क्रममा छ । त्यस्तै पोखरा , लुम्बिनी, चितवन तथा झापा लगायतका आकर्षक प¥र्यटकिय गनतब्यहरुमा समेत सुविधा सम्पन्न बस टर्मिनल निमार्णमा उनको समूह प्रतिबद्ध छन् । यो सहित प¥र्यटन क्षेत्रको समस्या समाधानका लागि सरकारी निकायसगंको वार्तालाई टुङ्गो लगाइने बताएका थिए । ध्वजा वाहक वायुसेवा निगमको एसिया प्यासिफिक, अमेरिका र युरोप उडानलाई निरन्तर दिन दबाब दिइने छ ।

अच्युतको अनुभव र सशक्त नेतृत्व नाटाले पाउन सके सघंमा आबद्ध १३ सय व्यवसायीका समस्या समाधान हुनेमा विश्वास गर्न सकिने आधार बन्न सक्छ । अर्का वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज बास्तोलाका अनुसार ट्राभल व्यवसाय सञ्चालन गर्ने मध्ये ४० प्रतिशत व्यवसायी टिकेटिङिग सेवा सञ्चालन गर्दछन् , भने बाँकी ६० प्रतिशत आउट बाउण्ड , इन– बाउण्ड र टुर्स जस्ता प¥र्यटकलाई अति नपर्ने सेवा उपल्वध गराउँदै आएका छन् ।

तर आउट बाउण्ड सेवामा वैदेशिक मुद«ा सटहीमा समस्या देखिएको छ । उता इन– बाउण्ड व्यवसायमा अत्यधिक मूल्य प्रतिशपर्थाले नेपाल भित्रिने पर्यटबाट पाउने लाभबाट वञ्चित भइएको छ । यस प्रकारका अनगिन्ती समस्या समाधानका लागि पहल गरिने छ । भ्रमण वर्ष –२०२० लाई अन्तर्रा्ष्ट्रिय प¥र्यटन बजारीकरण गरिने मञ्चका रूपमा लिन जरुरी छ । योजना बद्ध अन्तर्राष्ट्रिय प्रवर्धनले भोलिका दिनमा नेपालमा २५ लाख भन्दा बढीको सख्ंया सहजै पर्यटक भित्रिन सक्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend