बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

असन्तुष्ट समूहसँग कुरा मिल्यो, तोकेकै समयमा महाधिवेशन हुन्छ – सभापति देउवा

असन्तुष्ट समूहसँग कुरा मिल्यो, तोकेकै समयमा महाधिवेशन हुन्छ – सभापति देउवा

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

मोरङ १, माघ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने दावी गरेका छन् ।

बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले ‘असन्तुष्ट समूहसँग कुरा मिलिसकेको बताउँदै तोकेकै समयमा महाधिवेशन हुने ठोकुवा गरे ।

असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै कुरा मिलिसकेको बताए । बहुमतको निर्णय अनुसार कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको अधिवेशन ०७७ मंसिर ९ गतेबाट सुरु हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले असन्तुष्ट पक्षका नेताहरु पौडेल र सिटौला समूहको उपस्थितिबिना ०७७ फागुन ७ गतेदेखि १० गते १४ औं महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend