सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपसभामुखले राजीनामा दिन ढिला गर्नु हुदैन्– प्रवक्ता श्रेष्ठ

उपसभामुखले राजीनामा दिन ढिला गर्नु हुदैन्– प्रवक्ता श्रेष्ठ

काठमाडौं १, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिन जरुरी रहेको बताएका छन् । बुधबार गृहजिल्ला गोर्खा पुगेका नेकपा प्रवक्ता श्रेष्ठले उपसभामुखले राजीनामा दिएर मार्ग खुला गर्नु पर्ने बताए ।

उनले भने, उपसभामुखले राजीनामा दिनुहुन्न भन्ने कल्पना पनि गरेका छैनौं । ‘उपसभामुखले राजीनामा दिएपछि मात्रै सभामुखमा उम्मेदवारी दिने सुनिश्चितता हुन्छ । उपसभामुख बौद्धिक हुनुहुन्छ । उनले विवेक प्रयोग गरेर राजीनामा दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं उनले भने ।

सभामुखमा दाबी भए पनि उपसभामुखले पहिले राजीनामा दिनु पर्नेमा श्रेष्ठले जोड दिएका छन । उपसभामुख कानूनको विद्यार्थी भएकाले पनि कुरा बुझ्नुहुन्छ भन्नेमा विश्वस्त रहेको उल्लेख गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend