नेताहरुको व्यक्रिगत स्वार्थ कारण राष्ट्रियता खतरामा रहेको बिभिन्न क्षेत्रका बिज्ञ तथा बुद्धिजीविहरुले बताएका छन । भारत सामू लम्पसारवादी प्रवृत्ती नेताहरुमा हावी भएको भन्दै दुख समेत व्यक्त गरे । राजधानीमा नेपाल संरक्षण अभियानले गरेको अन्तरत्र्रिया कार्यक्रममा बोल्दै डा शास्त्र दत्त पन्तले अयोग्य नेताहरुका कारण राष्टियता खतरामा पर्ने खतरा रहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको विषयमा बोल्दै पन्तले भने यो भ्रमण नेपालको हितमा भन्दा भारतको स्वार्थपूतिमा केन्द्रित भएको उनको भनाई छ । तेस्रो अरुण राष्टघातको अर्को उदारण हो , उनले भने । पन्त सीमा बिज्ञ तथा अनुसन्धानकर्ता हुन् । सीमाको बिषयमा पनि उनको राम्रो दख्खल छ । भारतले बेला बेलामा सीमा मिच्दै आएको छ , यो बिषयमा नेपाल सरकार र सत्ता रुढ दलहरु मोदी सामु चु पनि बोल्न नसक्ने राष्ट्रियता कसरी बच्न सक्छ ? डा पन्तले भने । भारतले एकतर्फी बाँध लगाउदै आएको छ । अव बर्षा आउन थाल्यो । तराई मधेस डुवानमा पर्ने खतरा छ । खै सरकारले मोदी सामु कुरा राखेको ? पन्तले प्रश्न गरे । भन्न लाई सार्वभौम र स्वतन्त्र देश भन्छौ । खै सार्वभौम र स्वतन्त्र देश ? बिदेशको इसरामा चल्ने र त्यहि अनुसार काम गर्ने परम्पराले देश बनाउन होइन , देश बचाउन मुस्किल हुने छ । डा पन्तले भने । संघीयताको कारण पनि देश खतरामा जाने संकेत पन्तले गरे । आर्थिक भार थेग्न नसक्ने संघीयताले राष्टियता नै बिभाजन हुन सक्ने खतरा डा पन्तले औंलाएका छन । सोही कार्यक्रममा अर्का बक्ता डा केवी रोकायले पनि राष्टियता खतरामा रहेको बताएका छन । देश भक्त र राष्टवादी सोच भएकाले मात्र देश बचाउन र बनाउन सक्ने तर्क डा रोकायले गरे । बिदेशी हस्तक्षेप सहेर बस्ने राष्टवादी होइनन । आफनो देश बचाउन र बनाउन योगदान दिने नै राष्टवादी हुन । डा रोकायले भने । भारतले लगाएको नाकाबन्दी अझै सम्म पनि जनताले बिर्सिएका छैनन , तर त्यहि नाकाबन्दी लगाएर जनतालाई दुख्ख दिने मोदी लाई नागरिक अभिनन्दन गरेर नेपाल सरकारले के सन्देश दिन खोजेको हो ? डा रोकायले प्रश्न गरे । कार्यक्रममा बोल्दै रोकायले भने तालाचावी मोदीलाई बुझाएर राष्टियता के अर्थमा बच्छ ? आजको आबश्यकता ः राष्टिय एकताको सान्र्दभिकता रहेको भन्दै सबै राष्टवादी देशभक्तहरु एकजुट हुनु पर्ने कुरामा डा रोकायले जोड दिए । अर्का बक्ता देवेन्द्र नेपालीले देश बचाउन राष्टवादी सोच हुनु पर्ने कुरामा जोड दिए । राष्टवादी सोच नै हामीमा भएन भने देश बनाउन पनि सकिदैन बचाउन पनि सकिदैन , नेपालीले भने । हाम्रो देशका नेताहरुले भारतका सामु लम्पसारवादी सोच चिन्तन र प्रवृति नछाडदा सम्म राष्टियता नबच्ने र राष्टिय एकता बलियो नहुने कुरामा जोड दिए । राजनीतिक दलहरु र तिनका अधिकाशं नेताहरु भारत प्ररस्त छन । ति दलहरु र नेताहरु नसच्चिए सम्म देश खतरामा हुने उनले बताए । नेपाल संरक्षण अभियानका संयोजक बिष्णु प्रसाद शर्माले मोदी नेपाल भ्रमण आउदा आफू संगै सुरक्षा कर्मी लिएर आउनु नेपाल सरकारको बिश्वास नभएर होकी नेपाल लाई हेपेको हो ? प्रश्न गदै मन्तब्य राखे । राष्ट जोगाउन देश भक्तहरु मिल्नुको बिकल्प छैन शर्माले भने । लामो समय देखि यो अभियान चलाउदै आएका शर्मा राष्टबादी सोच र चिन्तन भएका ब्यक्ति हुन । उनले भने संघीयताका कारण नै देश संकटमा पर्ने दावी गरे । एकताको सुत्रमा बाधिएको देश संघीयतामा जादा जनताले दुख्ख पाउने शर्माले दावी गरे । संघीयताले बिकास हुने होइन , बिकास सोंच चिन्तन र इच्छाशक्तिले हुने हो शर्माले भने । उक्त कार्यक्रमको सभापतित्व अभियानका संयोजक बिष्णु प्रसाद शर्माले गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend