काठमाडौं १, माघ । नेपालमा मेडिकल माफियाको बारेमा लामो समय देखि कुरा उठदै आएको छ । मेडिकल कलेजको नाममा विद्यार्थीबाट चर्को शुल्क संचालकहरुले उठाउँदै आएका छन् ।
पछिल्लो समय मेडिकल शिक्षामा ठगीधन्धाले उग्र रुप लिए पछि लुटका बिषयहरु बाहिर आईरहेका छन् । यस्तै लुट मच्चाउने मेडिकल कलेजमा गण्डकी मेडिकल कलेज पनि परेको छ ।
गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानमा बोलाउने भएको छ । अर्यालको सम्पत्ति छानबिन लगभग सकिएको र बयानको लागी बोलाउने तयारी भएको बताईएको छ ।
अर्यालले गैरकानुनी तरिकाबाट एक अर्ब बढी सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको भनाई छ । अर्यालले विद्यार्थीबाट गैरकानुनी रूपमा रकम उठाएर सो रकम घर जग्गामा लगानी गरेको पाईएको छ ।
विभागले दुई महिनाअघि गण्डकी मेडिकल कलेजमा छापा मारेर त्यहाँको आर्थिक कारोबारका कागजात जफत गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend