सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नक्कली भ्याट बिल प्रकरणमा यस्ता छन भाटभटेनी सहित पाँच कम्पनी !

नक्कली भ्याट बिल प्रकरणमा यस्ता छन भाटभटेनी सहित पाँच कम्पनी !

काठमाडौं२९, पुस । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित ५ कम्पनीलाई दोषी ठहर भएको फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबार राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको फैसला सुनाएको हो ।

सर्वोच्च अदालतलको गरेको फैसलाको पाठ तयार भई नसकेकाले यी कम्पनीले कति रकम राज्यलाई तिर्नुपर्ने भन्ने जानकारी फैसला तयार भइकेपछि मात्रै थाहा हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेड्र्स, शंकर अक्सिजन ग्यास प्रालि र बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याद बिल प्रयोग गरेको ठहर भएको हो । रासस

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend