काठमाडौं २८, पुस । बहिर्गमित जनमुक्ति सेना नेपालले यही माघ ९ गते काठमाडौंमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्वाभिमान ,पहिचान र अधिकार सुनिश्चितको निम्ति सम्मेलन आयोजना गर्न लागेको बहिर्गमित जनमुक्ति सेना नेपालले जनाएको छ ।
यसै अवसरमा बहिर्गमित जनमुक्ति सेना नेपालले आजसम्म गरेको सबै खाले संघर्षबाट पाठ सिक्दै उच्च मनोबलको साथ आगामी कार्यभारलाई पुरा गर्ने बताएको छ ।
जनमुक्ति सेना नेपालले संघर्षको दौरानमा आइपरेका हरेक चुनौतीहरुलाई पार गर्दै ,४००९ जनालाई लगाएको कथित अयोग्य विल्ला खारेज गर्न, स्वैच्छिक अवकाश रोज्ने जनमुक्ति सेना स्वसरह समय सापेक्षित सेवा सुबिधा दिलाउन ,घाइते अपाङ्गको उपचारको साथै दीर्घकालीन व्यवस्थापनको ग्यारेन्टी गर्न सरकार संग माग गरेको छ ।
उसले विभिन्न कारण जेल जीवन बिताइरहेका ब्यक्तिहरुको बिना स्वार्थ रिहाइ गर्न ,बेपत्ताहरुको खोजी गर्न अयोग्य भनेकै कारण आत्मागलानी भई आत्महत्या गरेका हरूको आत्मसम्मान दिलाउन समेत माग गरेको छ ।
बहिर्गमित जनमुक्ति सेना ,द्वन्द्वपिडित लगाएत सम्पुर्ण पीडितहरुको माग मुद्दा पूरा गरि देश र जनताको आवश्यकतालाई पूर्णता दिने क्रान्तिकारी दिशामा अगाडि बढनु नै यो सम्मेलनको मुख्य कार्यभार रहेको आयोजकको भनाई छ ।
संगठन भित्र देखापरेका खराबीहरु र बाहिरी नजर र बुझाइमा पर्न गएका विभिन्न गलत प्रचारवादी भ्रमहरुलाई राजनीतिक कार्यदिशा र त्यस अनुरुप तय गरिएका कार्यक्रम र संगठानात्मक पद्धति द्वारा सफा गर्दै संगठनलाई देश भक्ती बनाउनको कार्यभार रहेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend