सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कसले दियो बालुवाटारबाट भीम रावललाई ज्यान लिने धम्की ?

कसले दियो बालुवाटारबाट भीम रावललाई ज्यान लिने धम्की ?

काठमाडौं २७, पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावललाई बालुवाटारबाट ज्यान पार्ने धम्की आएको छ । पूर्वगृहमन्त्री समेत रहेका रावलले आफूलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको खुलासा  गरे ।

कस्ले मार्ने धम्की दियो भन्ने खुलाउन नचाहे पनि बालुवाटार प्रधानमन्त्रीको सरकारी निवासबाट आएको उनको दावी छ । तर उता प्रधानमन्त्री निवास बालुवाटारले गम्भीर आरोपको भने खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता भीम रावलले चर्चामा आउनका लागि झूठ बोलेको बताउँदै आरोपको खण्डन गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend