काठमाडौं २७, पुस । पृथ्वीनारायण शाहको जन्मयन्तीको अवसरमा देशै भरी उलासपूर्ण तरिकाले बिभिन्न कार्यक्रम गरि मनाईएको छ । शाहलाई नेपाल एकीकरणका नायक मानिने शाहको सम्झनामा विभिन्न स्थानमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाईएको हो । तर यता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शाहलाई धेरै धुपबत्ती गर्न आवश्यक नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले भनेका छन । प्रत्येक पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन । कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ । १८औं शताब्दीको चेतनामा उनले गÞरीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो ।
प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन१कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ ११८औं शताब्दीको चेतनामा उनले गÞरीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो । नेपाल एकतामा पृथ्वीनारायणको योगदा राम्रो भएको उल्लेख गर्दै उनले यसलाई सम्झनामै सीमित राख्नु उचित भएको र धेरै धुपबत्ती गरिरहनु उचित नहुने बताएका छन्।
ट्वीटरमा थप भनेका छन, राम्रै भयो । त्यही रूपमा उनलाई सम्झे पुग्छ१धेरै धूपवत्ति गरिरहनुपर्दैन । दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ।
अर्कोतिर त्यसवेलाको चेतनामा संघीय राज्य सम्भव थिएन। गाली पनि नगरौं ।पृथ्वी जयन्तीकै दिन एकीकरणको विषयमा उनको प्रशंसा र विरोधसहितका टिप्पणीहरुले सामाजिक सञ्जाल तातिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend