काठमाडौं २६, पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशमा बसेर नेपाललाई गाली गर्नेहरु नेपाली हुन नसक्ने बताएका छन् । आज राजधानीमा नेपाल शैक्षिक परामर्श संघको चौधौ वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका छन् ।
मन्त्री भट्टराईले पढेलेखेका भन्नेहरुले विदेशमा बसेर नेपाललाई गाली गर्ने गरेको भन्दै आफ्नो हैसियत र संस्कार नभुल्न चेतावनी समेत दिए । उनले विदेशमा पढ्न भनेर नेपाल सरकारको कोटामा जाने, पछि उतै भासिएर नेपाललाई गाली गर्ने गरेको भन्दै आक्रोश पोखे ।

पर्यटन बर्ष २०२० लाई सफल बनाउन शैक्षिक परामर्श व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरे । साथै उनले व्यवसायीहरुलाई हवाईजहाज किनेर उडान गर्न समेत आग्रह गर्दै आफूले अनुमती दिने देखि बिभिन्न प्रक्रियामा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend