काठमाडौं २३, पुस । राष्टिय सहकारी महासंघको २७ औं बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ । राजधानीमा यही पुस २४ र २५ गते महासंघको साधारण सभा हुर्दै छ । अवको महासंघको अध्यक्ष को— बन्ला भन्ने बिषयमा सवैको चासो बढेको देखिन्छ । यति खेर महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलको नाम चर्चामा छ ।
यसै बिच वरिष्ठ उपाध्यक्ष कँडेलले माउन्टेन टेलिभिजनमा प्रसारण हुने उद्यम र रोजगार कार्यक्रममा अन्तर्वार्ता दिर्दै अवको नेतृत्व स्वभाविक रुपमा आफूले पाउनु पर्ने दावी गरेका छन् । अवको साधारण सभाले आफूलाई नेतृत्व दिनेमा सवै साथीहरु संग विश्वस्त भएको उनको भनाई छ ।
साथै वरिष्ठ उपाध्यक्ष कँडेलले सहकारी क्षेत्रले छरिएर रहेको पुँजीलाई एकीकृत बनाई मुलुकभरका जनताको जिवन स्तर माथि उठाउन महत्वपूर्ण योगदान पुरयाउदै आएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend