काठमाडौ २२, पुस । समाचार संकलन गएका पत्रकार जनकपुरमा कुटिएका छन् । जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मेयर साहसँग प्रतिकृया लिन पुगेका आधा दर्जन पत्रकार माथि दुव्र्यवहार र कुटपिट गरिएको छ । मेयर लाल किशोर साहले खेताला मान्छे प्रयोग गरी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झा कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई कुटपिट अपशब्द बोल्दै दुव्र्यवहार गरिएको हो ।
पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघले ठहर गरेको छ ।
महासंघले घटनाको भत्र्सना गर्दै, सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न माग गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend