सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अमेरिका र इरान बिच टकराब बढ्दै, नेपालीलाई दूतावासको सम्पर्कमा रहन निर्देशन

अमेरिका र इरान बिच टकराब बढ्दै, नेपालीलाई दूतावासको सम्पर्कमा रहन निर्देशन

काठमाडौं  २२,   पुस ।   यति बेला अमेरिकी र इरान बिच टकराब बढ्दै छ । उच्च इरानी सैनिक कमाण्डर मारिएसँगै पश्चिम एशियामा तनाव बढेको हो । यसै बिच नेपाल सरकारले सम्बन्धित नेपाली दूतावासहरुलाई त्यस क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ । त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई सम्बन्धित दूतावाससँग सम्पर्कमा रहिरहन आग्रह गरेको छ ।

अमेरिकाले गतसाता इरानका जर्नेल कासिम सुलेमानीको इराकमा हत्या गरेसँगै नेपालीहरुको बैदेशिक रोजगारीको एक प्रमुख गन्तब्यको रुपमा रहेको खाडी क्षेत्रमा तनाव बढेको हो ।

अमेरिका इरानबीच बढेको तनावपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा श्रम तथा रोजगार मन्त्री रामेश्वर रायसहित सम्बन्धित अधिकारीहरुको बैठक बसेको थियो ।

बैठकपछि परराष्ट्र मन्त्रालयले त्यस क्षेत्रमा रहेका नेपाली दुतावासहरुलाई परिस्थितिको बारेमा सुक्ष्म विश्लेषण गर्न र त्यहाँ रहेका नेपालीहरुसँग सम्पर्कमा रहन निर्देशन दिएको छ ।

इरानमा धेरै नेपाली नभएपनि तनावको केन्द्र बनेको इराकमा भने हजारौंको संख्यामा नेपाली छन् । तनावपछि दुवै देशमा रहेका नेपालीहरु दुतावासका सम्पर्कमा आएको बताइएको छ । पाकिस्तानस्थित नेपाली दुताबासले इरान र कुवेतस्थित दुतावासले इराक समेत हेर्छ ।

इरान र इराक नजिकै रहेका अन्य देशमा भने लाखौ नेपाली कार्यरत छन् । श्रमका लागि कतार, युनाइेटेड अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरब, कुवेतलगायत गल्फ मुलुकहरुमा १५ लाख भन्दा बढी नेपाली रोजगारीका लागि पुगेका छन् । तनावको केन्द्र बन्दै गएको इराकमैं रोजगारीका लागि करिब १५ हजार नेपाली छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend