सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रोजगार व्यवसायी संघले आयोजना गरेको अनलाईन अभिमुखीकरण प्रयोग कार्यक्रममा उत्साहजनक सहभागी

रोजगार व्यवसायी संघले आयोजना गरेको अनलाईन अभिमुखीकरण प्रयोग कार्यक्रममा उत्साहजनक सहभागी

काठमाडौं २०, पुस । वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको एफ इ आई एम एस प्रयोग सम्बन्धी अभिमुखीकरण  कार्यक्रममा व्यवसायीहरुको उत्साहजनक सहभागीता रहेको छ । आज पहिलो दिन बिहान र दिउ“सो दुई सिफटमा ६०० जना भन्दा बढीको सहभागीता रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

व्यवसायीलाई अनलाईन सिष्टम प्रयोग सम्बन्धी जानकारी गराई काम गर्न सजिलोहोस भन्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको सचिब भुर्तेलको बताए ।

वैदेशिक रोजगार विभागले लागु गरेको अनलाइन सिष्टम प्रयोग बारे केही कुरा व्यवहारिक नभएको बताउँदै उनले व्यवसायीहरु संग सुझाव लिएर कठिनाई बारे बिभाग संग छलफल गर्ने बताए ।

आज र भोली हुने अभिमुखीकरण कार्यक्रममा १७ सय भन्दा बढी सहभागीता हुने संघको अनुमान छ । संघले अभिमुखीकरण तालिममा १ जना संचालक र १ जना कर्मचारी गरी २ जना प्रतिनिधि सहभागी हुन अनुरोध गरेको छ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली अन्तर्गत अनलाइन मार्फत रोजगारीका लागि आवेदन दिने र कामदार छनौट गर्ने प्रकृया यही जनवरी १ तारिकबाट सुरु गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend