काठमाडौं २०, पुस । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छिमेकी देश चीन भ्रमणमा निस्किएका छन् । गृहमन्त्री थापा आइतबार ६ दिने औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका हुन् ।
उनी चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा प्रस्थान गरेको बताइएको छ । गृहमन्त्री थापा भ्रमणको क्रममा चीनका जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने छन् ।
भ्रमण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend