काभ्रे १९,पुस । आफूलाई छुटटै पहिचानका रुपमा चिनाउन सफल होटल सारथीले पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सारथीका अध्यक्ष प्रल्हाद प्यकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रम जेष्ठ सदस्य शेयर धनी गोविन्द त्रिपाठीले उद्घाटन गरे । पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै कार्यक्रममा अध्यक्ष प्रल्हाद प्यकुरेलले होटलले यस बर्ष विभिन्न खालका योजनाहरु ल्याएको भन्दै साधारण सभामा आगामी योजना प्रस्तुत गरेका थिए ।

आज भन्दा ९ महिना अगाडिदेखि सुरु भएको उक्त होटल धुलिखेल तथा आसपासमा रहेका यूवाहरुबाट २५ करोडको लागनीमा सुरु गरिएको हो ।छोटो समयमै धुलिखेलमै नै उत्कृष्ट होटलको रुपमा आफ्नो नाम राख्न सफल भएको उक्त होटलले १८ रोपनीभन्दा बढी आफ्नै जग्गामा व्यवसाय सुरु गरेको हो ।

कार्यक्रममा होटलको हालसम्मको आम्दानी, खर्च, भावी योजना तथा पर्यन बर्ष २०२० लाई व्यवसायिक रुपमा अगाडि बढाउने नीति सहित शेयर धनीहरुको सुझाव समेत लिएको थियो ।
शेयर धनी बिदुर गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा दिलिप शर्माले स्वागत मन्तब्य राखेका थिए । विभिन्न पेशा तथा व्यवसायमा संलग्न शेयर धनीहरु रहेका उक्त होटलमा उद्योगी, व्यवसायी, सहकारीकर्मी, गैह्र सहकारी निकायका विभिन्न ब्यक्तित्वहरुले प्रतिनिधित्व थियो ।
होटल सारथीमा २३ वटा रुम सहित २०० जनाभन्दा बढीका लागि कार्यक्रम सञ्चालन गर्नसक्ने सेमिनार हल र २ वटा तालिम हल सहित लिफ्टको समेत व्यवस्था रहेको छ ।
धुलिखेल बसपार्कबाट १.५ कि. मि.को दुरीमा रहेको उक्त होटलबाट विभिन्न हिम श्रृंखलाहरुको दृष्य राम्रोसँग देखिन्छ । राम्रो पार्किङ स्थल, मनमोहक दृष्य र शान्त वातावरणमा रम्न चाहने जो कोहिलाई पनि एक पटक पुगेपछि जाउँ जाउँ लाग्ने पारिवारिक वातावरण छ ।

बार्षिक साधारण सभामा होटलले १८ महिना भित्र सम्पन्न हुने गरी ५० वटा कोठाको अर्कौ भवन निर्माण गर्नका लागि कार्य प्रारम्भ सुरु गरिसकेको छ । ३५ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त भवनमा विभिन्न खालका सुविधा सम्पन्न रुमहरु हुनेछन् भने कार्य सुरु गर्न सञ्चालक समितिलाई अख्यिारी समेत दिइसकेको छ ।
यसरी यो नयाँ भवन सुरु भइसकेपछि होटल ७३ वटा रुम सहितको अवस्थामा आउनेछ । यूवा जनशक्तिहरु मिलेर आफ्नै माटोमा केहि गरौ भन्ने सोचका साथ सुरु भएको यस होटलले स्थानीय नगरपालिकाका जनशक्तिहरुलाई क्षमताका आधारमा नै रोजगारी प्रदान गर्ने लक्ष्य समेत लिएको छ भने अहिले उक्त होटलले ३० जना भन्दा बढी ब्यक्तिहरुलाई प्रत्यक्ष रोजागरी दिन सफल भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend