पोखरा १७, पुस । पोखरालाई देशकै पर्यटकीय नगरिको रुपमा लिने गरिन्छ । त्यसै कारणले नै हो पोखरामा स्वदेशी हुन वा विदेशी सवैको रोजगाई बन्ने गरेको छ । पर्यटन बर्ष २०२० सुरु भए संगै पोखरामा चहलपहल बाक्लिदै गएको छ ।
यस्तै नेपालमै सबैभन्दा धेरै पर्यटकीय गतिविधि भएको गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल भ्रमण वर्ष सन् २०२० को विभिन्न जनजातिको भेषभूषा, झाँकीसहित बुधबार उद्घाटन गरिने भएकोे छ ।
बुधबार काठमाडौंको दशरथ रंगशालामा भव्य कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेखि भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेसँगै हरेक प्रदेशमा पनि बुधबार नै प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा पनि भ्रमण वर्षको उद्घाटन भएको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि नेपाल भ्रमण वर्षको भव्य रूपमा शुभारम्भ गर्ने तयारी गरिएको नेपाल भ्रमण वर्ष–२०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार ३ बजेपछि नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने भएका हुन् ।
पोखराको लेकसाइडस्थित फिस्टेलगेट अगाडिदेखि विभिन्न जनजातिको भेषभूषामा झाँकीसहितको बृहत् (यालीले प्रदर्शन गरी बाराहीघाटमा पुगेर औपचारिक शुभारम्भ गरेको घोषणा गर्ने मन्त्री लम्सालले बताए । उनले भने, “हाम्रो प्रदेशले सन् २०१९ लाई प्रदेशको आन्तरिक भ्रमण बर्षको घोषणा गरेका थियौं, त्यसको समिक्षा हुँदै नेपाल भ्रमण वर्षलाई प्रदेशबाट कसरी सहयोग पु(याउन सकिन्छ त्यसको बारेमा चर्चा गरिन्छ ।” प्रदेशका पर्यटकीय गतिविधिसहित यहाँको कला संस्कृतिलाई समेटेर नेपाली, अंग्रेजी र चाइनिज भाषामा पुस्तकसमेत प्रकाशनको तयारी गरिएको मन्त्री लम्सालले जनाए ।
नेपाल सरकारको भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने अभियाना आफ्नो क्षेत्रबाट समेत सकारात्मक पहलन हुने बताएका मन्त्री लम्सालले प्रदेशले गत वर्ष घोषणा गरेको १ सय १० पर्यटकीय गन्तव्यमा यसै वर्ष केही पर्यटकीय गन्तव्यको छनोट गरी सरकारले केही लगानी गर्ने भएको बताए । उनका अनुसार प्रदेशका ११ जिल्लाहरूमध्ये हरेक जिल्लामा करिब ४ वटा पर्यटकीय गन्तव्यको रूपमा पूर्वाधार तथा सौन्दर्यकरणका लागि ४० लाखको दरले अनुदान दिने तयारी गरिएको जनाए ।
प्रदेश सरकारले प्रति जिल्ला १ करोड ६० लाखको दरले प्रदेशका ११ जिल्लामा १७ करोड ६० लाख रुपैयाँ पर्यटन पूर्वाधारमा लगानी गर्ने भएको हो । उक्त बजेट विनियोजना गर्न कार्यिवधिसमेत निर्माण गरिएको उनले जनाए ।
निर्वा्चित सांसदको संयोजकत्वमा गठित समितिको सिफारिसको आधारमा प्रदेशले जारी गरेको पर्यटकीय गन्तव्यलाई नै प्रथामिकतामा राखेर लगानी गर्न लागेको मन्त्री लम्सालले जनाए । आगामी वर्षमा दोस्रो प्रथामिकताको आधारमा पुनः पर्यटकीय गन्तव्यमा लगानी गर्दै जाने प्रदेश सरकारको योजना रहेको उनले जनाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend