बुटवल १५, पुस । केही दिन देखी प्रदेश नम्बर ५ को राजधानी बुटवलमा औधोगिक मेला चलेको छ । यस मेलामा बिभिन्न किसिमका स्टलहरु देख्न सकिन्छ ।
बुटलमा घाँम नपरेर चिसोको मौसम बढिरहेको बेला औधोगिक मेलामा भने अवलोकन गर्न आउने अवलोकन कर्ताको भिड बढ्दो छ । यस्तै यो मेलामा सवैको आकर्षणको स्टल बनेको छ कृषि सङ्ग्रालय ।

अर्घाखाँचीका युबाहरुले बिभिन्न संघसंस्थाको सहकार्यमा कृषि सङ्ग्रालय निर्माण गरि गाउँबाट दैनिक जिबनमा प्रयोग हुँदै आएका तर हाल लोपोन्मुख अबस्थामा पुगेका बस्तुहरु सङ्ग्रालय देख्न सकिन्छ । “पहिचान र संस्कृतिको जगेर्ना गरौँ । पुराना बस्तुहरुको संरक्षण गरौँ । नया पुस्तामा हस्तान्तरण गरौँ ।“ भन्ने नारा दिएर प्रदर्शनमा ल्याईएको कृषि सङ्ग्रालयमा । आरन, कोल, घरेलि बस्तु, पौराणिक हतियार लगायत थुप्रै एतिहासिक बस्तुहरु भु.न.पा खिल्जी र असुरकोटबाट प्रर्दशनीमा ल्याईएको हो ।

प्रकाश दाई ( बेल्बासे) को संयोजकत्वमा सन्जय गैरे, हिमाल बेल्बासे, प्रकाश ज्ञवाली र जिबन गैरेले आफनो गाउँ खिल्जी असुरकोट बाट सामानहरु जम्मा गरि बुटवल ल्याएका हुन ।
यि लोपोन्मुख सामानहरु जम्मा पार्न स्थानीय क्लब खिल्जी सेवा समाज र त्यहा“का युवाहरुको प्रमुख भुमिका रहेको कृषि सङ्ग्रालयका संयोजक प्रकाश दाई ( बेल्बासे) बताउँछन् ।

यस मेलामा निकै आकर्षणको केन्द्र रहेको उक्त सङ्ग्रालयमा दैनिक ३ हजारले अवलोकन गरिरहेको सङ्ग्रालयका संयोजक प्रकाश दाई बताउँछन ।
खिल्जी रुपन्देही सम्पर्क समाज, स्थानिय लियो क्लब, रोयल छोप र खिल्जी समाज सेवा युबा क्लबको सहकार्य रहेको उक्त सङ्ग्रालय( कला र संस्कृति झल्काउने नेपालकै ठुलो सङ्ग्रालय रहेको कुरा मेला आयोजकको दावी छ ।
गत बर्ष पनि यही यूवाहरुको समुहले बुटलमा कृषि सङ्ग्रालयको स्टल राखेका थिए । यो मेला बुटवल उधोग महासंघद्वारा आयोजना गरिएको औधोगिक मेला हो ।


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend