काठमाडौं १४, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा हो, जबसम्म शिक्षामा प्रगति हुँदैन र राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको निम्ति लगानी बढाउँँदैन, तबसम्म विकास र समृद्धिले गति लिन सक्दैन ।’
चितवनको इच्छाकामना–४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रचण्डले विकसित देशले अहिले पनि शिक्षामा लगानी बढाएको चर्चा गरे।नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको उनको धारणा छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend