काठमाडौं १३,पुस । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् ।रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको बताईएको छ ।
गजुरेल सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका थिए ।
प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको बताईएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend