बिराटनगर १२, पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्त उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गएराति प्रहरीले विराटनगरवाट पक्राउ गरेको बताइएको छ ।
भुजेललाई कहाँ राखिएको छ भने अहिलेसम्म प्रहरीले सूचना दिएको छैन् । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकी मेची–कोसी इन्चार्जसमेत रहेकी भूजेलसहित मोरङ इन्चार्ज नरेश चौलागाइँ पनि पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह लगायत पनि छन् ।उनीहरुमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend