सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस्तो छ मोदीको लागी सुरक्षा व्यवस्था, भारतीय सेनाको विमान नेपालमा

यस्तो छ मोदीको लागी सुरक्षा व्यवस्था, भारतीय सेनाको विमान नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारीको लागी नेपाल र भारतका कुटनितीकका साथै सुरक्षाकर्मीहरु ज्यान दिएर दिन रात खटिएका छन् । मोदीको सुरक्षाको लागी अनुसन्धान गर्न भारतीय वायु सेनाको विमान जनकपुर आइसकेको छ । जनकपुर विमानस्थलमा सोमवार दिउँसो सवा १ बजे भारतीय सेनाको विशेष विमान अवतरण गरेको हो । विमानमा भारतीय सुरक्षा अधिकारी रहेको जनकपुरस्थित सुरक्षा स्रोतले जनाएको छ । मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएको हो । सो विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ ।
दुई दिने भ्रमणका लागि मोदी २८ शुक्रवार हेलिकप्टरबाट जनकपुर आउँदैछन् । मोदीको भ्रमणको तयारीस्वरूप केहीदिन पहिले भारतीय हेलिकप्टर जनकपुरको बाह्रबिघाहमा अवतरण गरेको थियो । साथै नेपालमा पनि मोदीको सुरक्षाको लागी गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री इश्वर पोखरेल त्यहा“को बारेमा स्थलगत अबलोकन गरिसकेको अवस्था छ । काठमाडौमा पनि सुरक्षा व्यवस्थाको बारेमा सुक्ष्म तरिकाले अगालिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend