बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

देशभर दिन प्रति दिन चिसो बढदै, यस्तो छ उपत्यकाको तापक्रम

देशभर दिन प्रति दिन चिसो बढदै, यस्तो छ उपत्यकाको तापक्रम

काठमाडौं ९, पुस । मौसम प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । बुधबार उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले जारी गरेको बिशेष बुलेटिनका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ। बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend