काठमाडौं ६, पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दैलेखमा गाउँपालिका अध्यक्षलाई अपहरण गरेको छ । ‘विप्लव’ समूहले ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई शनिबार राति अपहरण गरेको हो । शाही सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य हुन् ।
शाहीसँगै उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई पनि विप्लव समूहले अपहरण गरेको छ । ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend