काठमाडौं ५ पुष । यस बर्ष पनि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा नेपाल स्वास्थ्य व्यवसायी महासंघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघले सामाजिक उतरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको हो ।
रोजगारी, अध्ययन वा अन्य कुनै शिलशिलाका लागि विदेशिएका कामदारको सम्झनामा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन विश्वभर मनाइने आप्रवासन दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको हो ।
महासंघका अध्यक्ष कैलाश खड्काले विदेशमा रहेका नेपालीका समस्यालाई उचाल्ने भन्दा पनि सेटल गर्ने तिर सबै सरोकारवाला निकाय एकजुट हुने हो भने आप्रवासी कामदारका समस्या स्वत न्यूनीकरण हुँदै जाने बताए ।
नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुधारका कार्यलाई अघि बढाउँदै लगेको बताउँदै खड्काले उनको कार्यकालमा वैदेशिक रोजगार क्षेत्र थप सुरक्षित हुने विश्वास यो क्षेत्रका सरोकारवालाले लिएको खड्काको भनाइ छ ।
श्रमग्राम ताहाचलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेको महासंघका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन कुमार केसीले जानकारी दिए ।
रक्तदान लगायतका सामाजिक काम गरेर स्वास्थ्य व्यवसायीले छविलाई थप उँचो बनाउँदै लैजाने आफुले विश्वास लिएको केसीको भनाइ छ ।
रक्तदान कार्यक्रममा महासंघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव मुकुन्द भट्टराई, सचिव गायत्री जिसी, कोषाध्यक्ष दाताराम काफ्ले, महासंघका कार्यसमिति पदाधिकारी, सल्लाहकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend